कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको अन्तिम बोइङ लिलाम

काठमाडौँ — नेपाल वायुसेवा निगमले लिलाम गर्न राखेको अन्तिम बोइङ ७५७ ‘गण्डकी’ को लिलामी प्रक्रिया शुक्रबार सकिएको छ ।

निगमको अन्तिम बोइङ लिलाम

नाइन एन–अल्फा चार्ली ब्राभो कल साइनको उक्त बोइङ लिलामीका लागि निगमले तेस्रोपटक आह्वान गरेको प्रक्रियामा तीनवटा अमेरिकी कम्पनी एभीओन, सीएसडीसी र एमके इच्छुक थिए । ३० वर्ष पुरानो बोइङको आधार मूल्य निगमले ४८ करोड रुपैयाँ राखेको थियो । खरिदकर्ता कम्पनीका प्रतिनिधिबीच बढाबढका आधारमा गरिएको लिलाम प्रक्रियामा कबोल गरेको रकम गोप्य राखिएको छ । विमान लिलाम गर्न बनाइएको उपसमितिले कार्यकारी अध्यक्ष मदन खरेललाई प्रतिवेदन बुझाउनेछ । उनले निगमको सञ्चालक समितिको बैठकबाट लिलाममा छनोट भएको कम्पनीबारे सार्वजनिक गर्ने एक अधिकारीले बताए ।

प्रकाशित : पुस ५, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?