सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ ।

ZenTravel

बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे। त्यही बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताए।

संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ। बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ।

शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ। उनी नेकपाबाट उपसभामुख बनेकी थिइन।

संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ। नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेकाे नेताहरु बताउँछन्।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित : पुस ४, २०७६ १४:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वडाध्यक्ष २ लाख घूस लिएको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ । 

आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको कोइरालाले बताए।

वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ। यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएइको हो । उनीहरुमाथि अनुसन्धान भइरहेकोप्रवक्ताकोइरालाले बताए।

प्रकाशित : पुस ४, २०७६ १३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×