कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह

नमिता दाहाल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह

७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार दीक्षित भएका छन् ।तर,समारोहमा १० हजार १८३ जना विद्यार्थीमात्र सहभागी भएका थिए । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्ररेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरेका थिए ।

उत्त समारोहमा पीएचडीका ८५ र एमफिलका ४० दीक्षित भए । त्यस्तै स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, मानविकीमा २ हजार ९१, इन्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३, कानुनमा १ सय ८०, चिकित्सामा ८सय ६४, व्यवस्थापनमा ३ हजार ७ सय तिन र विज्ञानमा १ हजार ९८ विद्यार्थी दीक्षित भएका हुन् ।

यस समारोहमा विभिन्न ३१ विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षा मन्त्री गिरिराजमणि पोख्ररेलले मेडल सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा सम्पूर्ण विद्यार्थीहरु उत्साहित देखिन्थे । समारोहमा उपस्थित विद्यार्थी बालकृष्ण अधिकारीले भने,‘ कक्षाकोठामा धेरै पढियो तर अझ पढ्न बाँकी धेरै छन् भन्ने लागिरहेको छ ।’ त्यस्तै स्वर्ण पदक विजेता मिरा ज्ञवाली पनि आफू ठुलो भीडमा सम्मानीत भएकोमा धेरै नै खुसी रहेको बताउँछिन् । अभिभावक तारा पौडेल भन्छिन्, ‘एकदमै खुसी छु, हजारौेको भिडमा आफ्नो छोरा पनि दीक्षित भएको देख्दा एकदमै खुसी लागेको छ ।’

यस समारोहमा कालो गाउन र कालो टोपी लगाउने विद्यार्थीका साथै उनीहरुका अभिभावक पनि देखिन्थे । गत बर्ष ६ हजार ३१९ अभिभावकले दीक्षान्त समारोहमा सहभागी थिए भने अहिले भने त्यो संख्या बढेर लगभग सात हजार पुगेको छ ।

१० हजार विद्यार्थी र अभिभावक तथा अन्य मानिसहरुको ठूलो भीड रहेको उत्त समारोहका बीच यो कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : पुस ३, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?