कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्षको प्रस्तावमा १२ सदस्यको टिप्पणी

नेकपा स्थायी समिति बैठक

काठमाडौँ — सत्तारुढ नेकपाको सोमबारको स्थायी समिति बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु भएको छ । सोमबारको बैठकमा १२ जना स्थायी समिति सदश्यले आफ्नो विचार राखेका थिए ।

अध्यक्षको प्रस्तावमा १२ सदस्यको टिप्पणी

पार्टी प्रवक्ता नायारणकाजी श्रेष्ठका अनुसार सबैले प्रस्तावको समर्थन गरेका छन् । ‘प्रस्तावको समर्थन गर्दै उहाँहरुले परिमार्जनको सन्दर्भमा आफ्ना विचार, सुधार गर्नुपर्ने कुरा र आलोचनात्मक टिप्पणीका साथ कुरा राख्नु भयो,’ बैठकपछि श्रेष्ठले पत्रकारहरुसँग भने । बैठकमा सबैलाई २० मिनेट समय दिइएको पनि उनले बताए ।


सोमबार वामदेव गौतम, योगेश भट्टराई, अस्टलक्ष्मी शाक्य, गणेस शाह, छविलाल विश्वकर्मा, अग्नी सापकोटा, युवराज ज्ञवाली, देवेन्द्र पौडेल र भीम रावल लगायतले टिप्पणी गरेका थिए ।


‘संगठन निर्माण तथा गुटबन्दीलाई निरुत्साहित गर्दै अघि बढ्ने कुरामा कमरेडहरुले प्रस्तावको समर्थन गर्नुभयो,’ उनले भने, ‘महाधिवेशनका लागि गरिएको प्रस्तावमा पनि सबैको समर्थन छ ।’

प्रस्तावमा उल्लेख भएको सीमा विवादबारे पनि बोल्ने स्थायी समिति सदश्यहरुले टिप्पणी गरेको प्रवक्ता श्रेष्ठले भने । ‘यसमा सबैले प्रस्तावमा भएका कुराको समर्थन गर्नुभयो,’ उनले भने । बैठक मंगलबार बिहान ११ बजे फेरि बस्दैछ ।

प्रकाशित : मंसिर ३०, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?