कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको स्थायी कमिटी बैठकमा ५ एजेन्डा पेस हुँदै

आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको थियो ।
बबिता शर्मा

काठमाडौँ — सत्तारूढ नेकपाको सचिवालयले बैठकले स्थायी कमिटी बैठकका लागि ५ एजेन्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले स्थायी कमिटीको बैठकका लागि एजेन्डाहरू तय गरेको हो । स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । 

नेकपाको स्थायी कमिटी बैठकमा ५ एजेन्डा पेस हुँदै

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसबाहेक विधान संशोधन, केद्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्यालगायत एजेन्डा छन् ।


सचिवालय बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली केहीबेर मात्रै बसेका थिए । उनले आफ्नो स्वास्थ्य स्थिति राम्रोसँग सुधार भइरहेको ब्रिफिङ गरेका थिए ।

बैठकमा पेस गर्नुअघि दाहालले आफूले तयार गरेको राजनीतिक प्रतिवेदनबारे प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । अध्यक्ष दाहालको प्रतिवेदनमाथि सचिवालयमा पनि छलफल गरिएको छ ।


प्रकाशित : मंसिर २९, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?