१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सरकारका काममा कमजोरी : नेता नेपाल

मोरङ — नेकपाका नेता माधवकुमार नेपालले सरकारले काममा सुधार गर्नुपर्ने खाँचो देखिएको बताएका छन् । विराटनगरमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम गराईमा निकै कमी कजमोरी रहेकाले जनताका गुनासा र आलोचनाहरु धेरै भएको बताएका हुन् ।

सरकारका काममा कमजोरी : नेता नेपाल

‘जनताले काम गरेर देखाई सुध्रिने मौका दिएको छ तर जनभावना अनुसार सरकारले काम अघि बढाउन सकेको छैन,’ उनले भने, ‘त्यसैले कमिकमजोरीहरु खोजेर सरकारले सुधार गरी अघि बढ्नु पर्ने आवश्यकता छ ।’ जनताले आफ्ना असन्तुष्टि उपनिर्वाचनको मत परिणामले प्रकट गरिसकेकोले सचेत भएर सरकारलाई अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।


‘उपनिर्वाचनमा धरानलगायतका जीतेको ठाउँमा जित्न नसकेकाले खतराको घण्टी बजाएको छ,’ नेता नेपालले भने, ‘जनताले मतमार्फत सचेत गराइसकेकोले समस्या केलाएर समाधान हुने गरी सरकारले काम अघि बढाउनु पर्छ ।’ सरकारले सुधारका लागि सबभन्दा पहिले जनताको कुरा सुन्नुपर्ने नेपालको भनाई थियो । जनताले भने अनुसारको विकास, सुशासन, नीति, नियमको क्षेत्रमा सुधार गरेर अघि बढनुपर्ने आवश्यकता रहेको उनले बताए ।


सीमा विवादको विषयमा दूत पठाउने विषयमा सरकारले कुनै निर्णय र पत्राचार गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको नेता नेपालले बताए । लिपुलेकलगायतका सीमा विवाद भएका ठाउँहरुको बारेमा नेपालसँग थुप्रै तथ्य र प्रमाणहरु रहेकोले त्यसकै आधारमा भारत सरकारसँग बार्त्ता गर्नु आवश्यक रहेको उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?