कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सक संघमा दुई प्यानल

काठमाडौँ — मुलुकभरका डाक्टरको छाता संगठन नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ ।

चिकित्सक संघमा दुई प्यानल

सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसनिकट चिकित्सकहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।


लोकतान्त्रिक समूहबाट अध्यक्षमा लोचन कार्की र प्रगतिशील पेसागत समूहबाट पुष्पमणि खरालले शनिबार प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


उम्मेदवारी दर्तासँगै दुवै समूहले मधेस केन्द्रित दलनिकट र स्वतन्त्र चिकित्सकको मत आफ्नोतर्फ तान्न पहल थालेका छन् । प्रमुख चुनाव अधिकृत बाबुराम मरासिनीका अनुसार महासचिव पदका लागि बद्री रिजाल, अजयकुमार मिश्र, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले उम्मेदवारी दिएका छन् । संघको केन्द्रीय कार्यकारिणी समितिको ०७६–७९ कार्यकालका लागि ३१ जना चिकित्सकले उम्मेदवारी दर्ता गराएका छन् ।


चिकित्सक संघ ००७ सालको राजनीतिक परिवर्तनपछि स्थापित पहिलो पेसागत संगठन हो । संघमा हाल ९ हजार ८ सय ९० मतदाता छन् । उम्मेदवारहरूलाई चुनाव प्रचार गर्न एक महिनाजति समय दिइएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?