कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

कांग्रेसको विवाद मिलाउन चाक्सीबारीमा बसेको बैठक सकारात्मक (अपडेट)

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेसमा देखिएको विवाद समाधानको प्रयास गर्न नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठक सकारात्मक रुपमा  अघि बढेको छ । अपरान्ह साढे ४ बजेबाट सुरु बैठकमा विवाद समाधानका लागि संस्थापन र नेता रामचन्द्र पौडेल पक्षले बनाएको वार्ता समितिका सदस्यहरु सहभागी थिए । 

कांग्रेसको विवाद मिलाउन चाक्सीबारीमा बसेको बैठक सकारात्मक (अपडेट)

३ घन्टासम्म चलेको बैठक सकारात्मक रुपले अघि बढेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


सहमति बिना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो।


त्यही विवाद समाधानका लागि शनिबार बिहान सभापति शेरबहादुर देउवाले नेता पौडेललाई उनकै निवास बोहोराटारमा पुगेर भेटेका थिए । भेटमा पौडेलले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म बैठकमा उपस्थित नहुने प्रष्टयाएका थिए। पौडेलले समूहका मागबारे छलफल गर्न वार्ता समिति बनाएको र त्यही समितिसँग छलफल गर्न भनेका थिए।


पौडेलले सस्थापनसँग छलफलका लागि नेता प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य रहेको समिति बनाएका छन्। सभापति देउवाले पौडेल पक्षलाई मनाउने जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिएका छन्।


पौडेल पक्षको बहिस्कारबीच देउवाले बिहीबारको बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्तावसहित छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए । ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रवक्ता शर्माले बताए ।

प्रकाशित : मंसिर २८, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?