कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु [अपडेट]

सन्तोष सिंह

(जनकपुर) — धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए । 

धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु [अपडेट]

प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।


बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ । राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो । प्रहरी नीरिक्षकसहित प्रहरीकै एक जवान सख्त घाइते भएको छ ।


बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।

यो पनि

प्रकाशित : मंसिर २८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?