कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा १४ घण्टाभित्र ४ दुर्घटना

३ वटा बस अनियन्त्रित भएर पल्टिए, ४ वटा गाडी एक आपसमा ठोक्किए
रमेशकुमार पौडेल

चितवन — चितवनमा पर्ने मर्हेन्द्र राजमार्ग र पृथ्वी राजमार्गमा विभिन्न स्थानमा १४ घण्टामा चार दुर्घटना भएका छन् । महेन्द्र राजमार्गको टाँडी र भण्डारा हर्दीमा यात्रु बस अनियन्त्रित भएर पल्टेका छन् । पृथ्वी राजमार्गको कुरिनटारमा अर्को यात्रु बस अनियन्त्रित भएरै पल्टेको छ । कुरिनटार नजिक फिस्लिङकै दुईवटा स्कारपियो भ्यान र दुईवटा म्याजिक भ्यान एक आपासमा ठोक्किएका छन् ।

चितवनमा १४ घण्टाभित्र ४ दुर्घटना

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चार दुर्घटनामा ७७ जना घाइते भएका छन् । घाईतेमध्य एकजनाको अवस्था गम्भीर रहेको र २७ जना मध्यम घाइते भएका प्रहरीले जनाएको छ ।

महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा गएराति पौने ११ बजे यात्रु बस पल्टदा २२ यात्रु घाइते भएका थिए ।घाइतेमध्ये ४ जनाको भरतपुरस्थित पुरानो मडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाराबाट काठमाडौं जादै गरेको ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भएर राजमार्गमा पल्टेको थियो ।

त्यो दुर्घटना भएको लगभग १२ घण्टापछि राप्ती नगरपालिका–६ भण्डारा हर्दिमा बिहान सवा ११ बजे तिर बिरगञ्जबाट नारायणगढ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले दुर्घटनामा १८ जना घाइते भएका जानकारी दिए । घाइतेहरुको भरतपुरस्थित पुरानो र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


शुक्रबार पौने १ बजे पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामाना गाउँपालिका–४ कुरिनटारमा काठमाडौंबाट बुटबल आउँदै गरेको लु २ ख १५७९ नम्बरको बस अनियिन्त्रत भएर पल्टिदा १० जना घाइते भएका छन् । घाईतेमध्य भरतपुर महानगरपालिका–१८ कि २० वर्षकी रजनी कुमालको अवस्था गम्भीर रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । उनको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


पृथ्वीराजमार्गमै बिहान साढे ११ बजे इच्छाकामना गाउँपालिका–४ कुरिनटार फिस्लिङमा मुग्लिन तर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्बरको म्याजिक भ्यान र मुग्लिनबाट जाँदै गरेका बा २१ च ३०३९ र बा ६ च ८३४५ नम्बरो दुईवटा स्कारपियो जीप तथा ना १ ज ८००५ नम्बरको अर्को म्याजिक भ्यान एक आपसमा ठेक्किदा सातजना घाइते भएका छन् । प्रहरीलेसामान्य अवस्थाका घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ ।

प्रकाशित : मंसिर २७, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?