कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयको नागरिकता रद्द

काठमाडौँ — सरकारले भारतीयले लिएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ । भारतीय नागरिक जमालुदिन धुनियाले इलाका प्रशासन कार्यालय मझगवा रूपन्देहीबाट झूटो विवरण पेस गरी नेपाली नागरिकता लिएका थिए ।

भारतीयको नागरिकता रद्द

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्द गरी उनलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए ।


सरकारले गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा अनिल पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद‍्ले खुला प्रतिस्पर्धाबाट छनौट भएका तीन जनामध्येबाट गृह मन्त्रालयको प्रस्तावमा पोखरेललाई नियुक्त गरेको हो ।

प्रकाशित : मंसिर २६, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?