कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय १० दिन

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ राजनीतिक दल दर्ता गर्न १० दिनको समय दिएको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन ९ माघमा गर्ने निर्णय सरकारले गरेपछि  आयोगले दल दर्ताको समय तोकेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय १० दिन

आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको लागि मंसिर २७ गते देखि पुष ६ गते सम्म १० दिन समय तोकिएको जानकारी दिइन ।

शर्माद्वारा जारी विज्ञप्तिमा १० दिनको अवधिमा कार्यालय समय भित्र आयोगको काठमाडौं कान्तिपथस्थित, बहादुर भवनमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निवेदन दिन आव्हान गरिएको छ ।

आयोगले दल दर्ताको निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरु पूरा गर्नुपर्ने उल्लेख गरेको छ ।

निवेदनको ढाँचा आयोगको वेब साइटमासमेत हेर्न सकिने शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर २६, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?