१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

१७ करोड ठगी आरोपमा दिनेश कोइराला पक्राउ

काठमाडौँ — प्रहरीले दोलखाका दीनेश कोइरालालाई १७ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

१७ करोड ठगी आरोपमा दिनेश कोइराला पक्राउ

उनले १५ जनाभन्दा बढी व्यक्तिकको करिब १७ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । कोइरालाले हनुमान ढोका बहुउद्देश्यीय सहकारीको १० करोड, सोही सहकारीबाट ३ करोड २५ लाख रुपैयाँमा खरिद गरेको टोयटा गाडी,ललितपुरका सुलभ कर्मचार्यको १ करोड ५० लाख लगायत अन्यको ठगी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

उनी विरुद्ध महानगरिय प्रहरी वृत कमलपोखरीमा चेक बाउन्सको उजूरी समेत परेको छ ।

प्रकाशित : मंसिर २५, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?