कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट 

काठमाडौँ — सर्वोच्च अदालतले उच्च अदालतका १५ न्यायाधीश नियुक्ति सिफारिसविरुद्ध परेको निवेदन दर्ता गर्न आदेश दिएको छ । 

न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट 

अधिवक्ता श्याम मास्केले दिएको निवेदन अस्वीकार गर्ने प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको हो । मास्केको निवेदन दर्ता हुन नसक्ने भनी रजिष्ट्रार नारायण पन्थीले दरपीठको आदेश गरेका थिए ।

आदेशविरुद्धको निवेदन सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । मास्केले गत मंसीर ४ गतेको परिषद्को निर्णय कानून विपरित भएको दाबी गर्दै निवेदन दिएका थिए ।

प्रकाशित : मंसिर २५, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?