कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना आयोगको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ — राष्ट्रिय सूचना आयोगमा सरकारले गरेको प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरुको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विष्णु लुइँटेलले मंगलबार सूचनाको हक सम्बन्धि ऐनको दफा ११ को व्यवस्था विपरीतको सिफारिस र त्यही सिफारिसको आधारमा भएको नियुक्ति खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन ।

सूचना आयोगको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

सिफारिस समितिको अध्यक्ष सभामुख हुनुपर्नेमा कानुन विपरीत उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेतृत्व गरेको भन्दै रिट दायर भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

दफा ११ मा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरुको नियुक्तिका लागि सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने समिति हुने उल्लेख छ । तर, अहिले सभामुख पद रिक्त भएको बेला उपसभामुख तुम्बाहाङ्फेले ऐनको व्यवस्था विपरित विपरीत सिफारिस गरेको जिकिर रिटमा गरिएको छ ।

ऐनले सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना नगरेको गर्दै सिफारिस खारेज गर्न माग गरिएको छ ।

उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तमा महेन्द्रमान गुरुङ र सूचना आयुक्तहरुमा अधिवक्ता कमला थापा ओली र दीपक मैनालीको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।


प्रकाशित : मंसिर २४, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?