कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङ — रावाबेसी गाउँपालिका अध्यक्ष लाीलानाथ निरौलाको गाडीमा आइतबार राति अज्ञातद्वारा आगजनी भएको छ । रावाबेसी ५ दुबेकोलस्थित घर नजिक पार्किङ गरिएको बा२झ ३५२४ नम्बर स्कारपियो गाडीमा करिब १ बजे आगजनी भएको हो ।

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

पहिले गाडीको साइरन बजेको र त्यसको तीन मिनेटपछि ठूलो आवाजमा विष्फोटसहित आगजनी भएको निरौलाले बताए । सोमबार बिहान घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले घटनास्थलको अवस्था हेर्दा कसैले आगो लगाइदिएको जस्तो देखिएको बताए ।


गाउँपालिकाको केन्द्र हरटारबाट खटिएको प्रहरीले आगो निभाएको थियो । यसअघि १४ मंसिर राति चारवटा एक्साभेटरमा आगजनी भएको थियो । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा–दिक्तेल सडक खण्डमा काम गर्दै गरेका एक्साभेटर आगजनी भएको थियो ।


कसले आगजनी गरेको भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । नेकपा चन्द समूहका कार्यकर्ताले गरेको हुनसक्ने प्रहरी स्रोतले अनुमान गरेको छ ।

प्रकाशित : मंसिर २३, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?