कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभाका १८ सदस्य चुन्न ९ माघमा निर्वाचन

मधुसुधन भट्टराई

काठमाडौँ — राष्ट्रियसभाका १८ नयाँ सदस्य निर्वाचन गर्न ९ माघमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले दिएको परामर्शमा सरकारले ९ माघमा निर्वाचन गर्ने भएको हो । निर्वाचनसम्बन्धी औपचारिक निर्णय गर्नका लागि अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

राष्ट्रियसभाका १८ सदस्य चुन्न ९ माघमा निर्वाचन

संविधानको धारा ८६ को उपधारा (४) बमोजिम २० फागुन, ०७६ मा १९ सदस्यको पदावधि समाप्त हुँदैछ । १८ जनाको निर्वाचनबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन् । आयोगकाअनुसार पदावधि सकिनुभन्दा ३५ दिन अगाडि निर्वाचन गरिसक्नु पर्छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको नेतृत्वमा निर्वाचन आयोगका पदाधिकारीहरुले अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ७ देखि १० माघसम्म राष्ट्रियसभा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । आयोगको परामर्शका आधारमा संविधान अनुरुप गृहमन्त्रालयले प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गरेको हो ।

‘हामीले दलहरुसँगको सहमतिका आधारमा सरकारलाई ७ देखि १० माघसम्म राष्ट्रियसभाको निर्वाचन गर्न उपयुक्त हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई परामर्श दिएका थियौं,’ प्रमुख आयुक्त थपलियाले इकान्तिपुरसँग भने, 'नौ माघमा निर्वाचन गर्ने निर्णय साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी मैले पाएको छु ।’

प्रधानमन्त्रीलाई परामर्श दिनु अगाडि प्रमुख आयुक्त थपलियाले राजनीतिक दलका नेताहरुसँग आयोगमा छलफल गरेका थिए । छलफलमा दलहरुबीच भएको सहमति अनुरुप सरकारलाई परामर्श दिएको हो ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ ।

यो सदस्यको हुँदैछ पदावधि पुरा

नेकपाबाट नौ जनाको पदावधि सकिँदैछ । पदावधि सकिनेमा डा युवराज खतिवडा, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । डा. खतिवडा वर्तमान सरकारका अर्थमन्त्री हुन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए ।


नेपाली कांग्रेसका ७ सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय, र धनकुमारी खतिवडा छन् । ती मध्य सुरेन्द्र राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता, र प्रसाई कांग्रेस प्रमुख सचेतक हुन् ।

राष्ट्रिय जनता पार्टीका दुई जना वृषेशचन्द्रलाल, रमेशप्रसाद यादव तथा समाजवादी पार्टीका राजकुमार यादवको पनि पदावधि सकिँदैछ ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्छन् । यो निर्वाचन पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाट हुने छ ।

यो निर्वाचनबाट निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुने आयोगले जनाएको छ । संघस्य संसद्को माथिल्लो सभाका रुपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले व्यवस्था गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन एवम् मनोनयन सम्बन्धी तयारीका विषयमा जानकारी गराएका थिए ।

राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री डा.युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदैछ ।

प्रकाशित : मंसिर २३, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?