कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिका लागि पाँच आधार तय : उपप्रधानमन्त्री पोखरेल   

रासस

ललितपुर — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका लागी ५ आधार तय भएको बताएका छन् । कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको पोखरेलले बताए । 

समृद्धिका लागि पाँच आधार तय : उपप्रधानमन्त्री पोखरेल   

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताए । ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ,’ पोखरेलले भने । राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्ने पोखरेलको भनाई छ ।

एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता औल्याउदै ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको उनले बताए । विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने तर्क उनको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार ५ सय विद्यालयको पुनर्निर्माण भएको बताए । तीमध्ये पाँच हजार ३ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको र अरू विद्यालयका भवन निर्माण भइरहेका उनको भनाई छ ।


प्रकाशित : मंसिर २०, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?