घूसको आरोप लागेका दोलखाका सिडिओ हटाइए 

कान्तिपुर संवाददाता

काठमाडौँ — घूस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई गृहमन्त्रालय तानिएको छ । मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घूस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । 

ZenTravel

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको बताए। ‘उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ। जिल्ला पनि छोडिसक्नु भयो। तर, त्यहाँ कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ,’ प्रवक्ता शर्माले कान्तिपुरसँग भने।

Meroghar

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए।

रिजालमाथि घूस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए। गृह स्रोतका अनुसार रिजालले पहिला घूस लिए पनि विवाद भएपछि फिर्ता गरेका थिए।

प्रकाशित : मंसिर २०, २०७६ १२:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भाइरल भइरहेको एउटा अभियान ‘तिमी बलत्कारी हौ’ 

एजेन्सी

काठमाडौँ — अघिल्लो महिना महिलाविरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको दिन चिलीस्थित सैंटियाको सर्वोच्च न्यायलय भवन अगाडि सयौं महिलाहरुले प्रर्दशन गरे । 

प्रर्दशनीमा आँखामा कालोपट्टि बाँधेर ‘तिमी बलत्कारी हौ’ भन्ने गीत गाइएको थियो। तिमी अथात् राज्य, पितृसत्तात्मक समाज, फितलो न्याय प्रणाली सबै बलात्कारी हुन् भन्छ गीतका शब्दले। गीत मार्चपास गरेको जस्तो डान्सिङ स्टेपसँगै गाइएको छ। यो भिडियो अहिले संसारभर भाइरल भइरहेको छ।
सुरुमा चिलीका महिलाहरुले लौंगिक हिंसा र बलात्कारजस्तो घटनामा पनि राज्य, न्याय प्रणाली र समाजले न्याय दिन नसकिरहेको संकटपूर्ण स्थितिप्रतिको कलात्मक प्रहार हो यो गीत। गीतको यही शक्तिशाली भाव छिटै नै चिलीबाट दक्षिण अमेरिकी देश हुँदै युरोप र संसारका अन्य भागमा पनि फैलियो। यो गीत फैलिएसँगै विश्वव्यापी नारीवादी अभियानले नयाँ प्रतिरोधी गीत पाएको छ।
नोभेम्बर २५ तारिखमा चिलीको महिलावादी समूह 'थिएसिस'ले पहिलोपटक यो गीत कम्पोज गरेर प्रस्तुत गरेका थिए। त्यसको पाँच दिन पछि मेक्सिकोको सडकमा पनि हज्जारौं महिला आँखामा कालोपट्टी बाँधेर यो गीत गाउँदै सडकमा आएका थिए।
आजको समयमा पनि संसारका हरेकजसो व्यवस्थाका महिलाले समानता, समता र सम्मानका लागि लडिरहनु परेको छ। महिलाद्वेषी समाज व्यवस्थाको दोषको टीकाजस्तैः बलात्कार, यौन तथा घरेलु हिंसाका कारण महिलाहरु खुम्चिएर बाँच्नुपरेको छ। तर, अब त्यो खुम्च्याइले संसारभर नै कतै असन्तुष्टि, कतै आक्रोश, कतै विद्रोहकै रुप लिँदो छ। यौन हिंसामा न्याय नपाइने, दोषीलाई कारबाही नहुने न्याय प्रणालीविरुद्धको आक्रोश संसारका सडकहरुमा यसरी पोखिदै छ।
यो गीतले हाम्रो पनि कथा भन्छ। गीतका शब्द यस्ता छन् :
पित्तृसत्ता न्यायाधीश हो
यसले हामी जन्मने बित्तिकै फैसला गरिदिन्छ
र, हाम्रो सजाय त्यो हिंसा हो जो तिमी देख्दैनौ
पित्तृसत्ता न्यायाधीश हो
यसले हामी जन्मने बित्तिकै फैसला गरिदिन्छ
र, हाम्रो सजाय त्यो हिंसा हो जो तिमी देख्छौ
यो महिला भएका कारण हुने हत्या हो,
हत्यारालाई दिने माफी हो
उसको दोषलाई नै गायब गर्दिनु हो
यो बलात्कार हो
र, यसमा म दोषी होइन,
न त म कहाा छु भन्ने कुरा
न त मैले कस्तो लुगा लगाएकी छु भन्ने कुरा
नै मेरो दोष हो
बलात्कारी तिमी हौ
बलात्कारी तिमी हौ
बलात्कारी प्रहरी हो
बलात्कारी न्यायाधीश हो
बलात्कारी राज्य हो
बलात्कारी राष्ट्रपति हो
दमनकारी राज्य एक बलत्कारी हो
बलात्कारी तिमी हौ
बलात्कारी तिमी हौ
अपराधीको डरबिना
अबोध केटी शान्तसाग सुत
सपनामा मुस्कानसहित माया गर्ने प्रहरीलाई देख
बलत्कारी तिमी हौ
बलत्कारी तिमी हौ

प्रकाशित : मंसिर २०, २०७६ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×