कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिन कांग्रेसको माग

काठमाडौँ — कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितहरूलाई उचित मुआब्जा दिई आयोजना निर्माण हुने वातावरण सुनिश्चित गर्न सरकारसित माग गरेको छ । आयोजनाले सोमबार सार्वजनिक गरेको मुआब्जा रकमप्रति असहमति जनाउँदै प्रभावितहरू आन्दोलनमा उत्रिएपछि कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी सरोकारवाला सबैलाई विश्वासमा लिए पुनः न्यायोचित मुआब्जा दिन माग गरेको हो ।

बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिन कांग्रेसको माग

बूढीगण्डकी जलविद्युत् आयोजनाले आरुघाट र खहरे बजार क्षेत्रको जग्गालाई १० वर्गमा विभाजन गरेर प्रतिआना ५० हजारदेखि ७ लाख रुपैयाँसम्म मुआब्जा तोकेको छ । ‘विकास परियोजनाहरू सञ्चालन गर्न स्थानीय बासिन्दालाई विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायराभित्रकै विषय हो । स्थानीय बासिन्दासँग पर्याप्त छलफल गरेर पुनः न्यायोचित मुआब्जा निर्धारण गर्न सबै जिम्मेवार पक्षलाई कांग्रेस आग्रह गर्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : मंसिर १९, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?