कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपनिर्वाचनमा बदर मत स्थानीय तहमा धेरै 

काठमाडौँ — गत १४ मंसिरमा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा भन्दा स्थानीय तहमा धेरै मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिट (कास्की–२), प्रदेशसभाका –३ (भक्तपुर १(क), बाग्लुङ–२(ख), दाङ–३(ख)) मा भन्दा स्थानीय तहमा मत बदर बढी देखिएको हो । 

उपनिर्वाचनमा बदर मत स्थानीय तहमा धेरै 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधिसभाको कास्की–२ मा मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ४६ मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या ४४ हजार,९ सय ४६ र सदर भएको छ भने ६ सय मत बदर भएको छ । जुन १.३२ प्रतिशत हो ।


प्रदेशसभाका ३ सिट भक्तपुर–१(क), बागलुङ–२(ख) र दाङ–३(ख) मा १ लाख ४८ हजार ९ सय १८ मतदाता रहेकोमा ९८ हजार ७ सय ३४ जनाले मतदान गरे । तीन स्थानमा गरेर ९७ हजार ०६७ मत सदर भएको छ । तीन स्थानमा गरी १ हजार ६ सय ६७ मत बदर भएको छ । यो मत प्रतिशतमा १.७१ हुन्छ ।


स्थानीय तह तर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथरको फाल्गुनानन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष–१ र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष–१, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका/गाउँपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ४८ पदको लागि जम्मा मतदाता संख्या २ लाख ३३ हजार ३ सय २५ थिए ।


ति मध्य १ लाख ५४ हजार ८ सय ३५ जनाले मतदान गरे । खसेको मध्य १ लाख ५२ हजार ४ सदर भयो भने २ हजार ७ सय ७० मत बदर भयो । जुन २ प्रतिशत हो ।


धरान उपमहानगरपालिका प्रमुखमा मात्रै मतदाता संख्या ९२ हजार ८ सय ५३ छ । ती मध्य ५४ हजार ८ सय ४६ जनाले मतदान गरे । जसमध्ये ५३ हजार ७ सय ५ मत सदर भयो । १ हजार १ यस ४१ मत बदर भयो ।


जुन २.०८ प्रतिशत हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा हुने निर्वाचनमा मतदाता संख्या ३ हजार तीन सय ८७ रहेकोमा २ हजार ८ सय ६९ जनाले मतदान गरे जसमध्ये २ हजार ८ सय ४९ मत सदर र २० मत बदर भयो जुन ०.७० प्रतिशत हुन्छ ।

यो बदर मत प्रतिशत २०७४ सालको निर्वाचनको तुलनामा कम भएको श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, ब्रोसर आदिका साथै मतदाता शिक्षा कार्यकर्ता मार्फत सञ्चालन गरिएको घरदैलो कार्यक्रमको प्रभावकारीताका साथै विभिन्न सञ्चार माध्यमबाट प्रेषित सूचना, सन्देशका कारण बदर मत संख्या न्यून भएको हो भन्ने आयोगको ठम्याइ छ,’ विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : मंसिर १९, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?