कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनिर्वाचित प्रदेश सांसद्ले लिइन् सपथ

अमृता अनमोल

बुटवल — ५ नम्बर प्रदेशकी नवनिर्वाचित सांसद विमला वलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । बुटवलस्थित प्रदेशसभा भवनमा सभामुख पूर्णबहादुर घर्तीमगरले उनलाई सपथग्रहण गराए ।

नवनिर्वाचित प्रदेश सांसद्ले लिइन् सपथ

दाङको निर्वाचन क्षेत्र नं ३ ‘ख’का सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा स्वर्गीय वलीकी पत्नी विमलाले नेकपाको तर्फबाट जित हात पारेकी हुन् । अब प्रदेश ५ मा महिला सदस्यको संख्या ३३ पुगेको छ । यस्तै प्रत्यक्ष निर्वाचित महिला सदस्यको संख्या ३ भएको छ । ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा ८७ सदस्य छन् ।


प्रकाशित : मंसिर १८, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?