कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगहरुमा विशेष क्षमता हुन्छ : उपराष्ट्रपति पुन

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा भएको विशेष क्षमता प्रष्फुटन गराउदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताएका छन् । एशियाली बौद्धिक अपांगहरुको सम्मेलनको मंगलबार समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले व्यक्तित्व विकासको अवसर पाए अपांगहरुले समाजलाई येगदान दिन सक्ने बताए ।

अपांगहरुमा विशेष क्षमता हुन्छ : उपराष्ट्रपति पुन

ओस्टेफन हकिंगले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गरेपछि अपांगहरुमा विशेष क्षमता हुन्छ भन्ने स्पष्ट भएको उपराष्ट्रपति पुनले बताए । नेपालको संविधानले फरक क्षमता भएका(अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको उपराष्ट्रपति पुनको भनाई छ ।

सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागिमात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने उनले बताए ।

कार्यक्रममा उपयुक्त हेरचाह, शिक्षा र तालिमप्राप्त बौद्धिक अपांगता भएका व्यक्तिहरुले सपाड्ग्ग व्यक्तिहरुसंग वैवाहिक बन्धनमा बाँधिएर सफलतापूर्वक गृहस्थ जीवनमा प्रवेश गरेका नमूना जोडीहरुलाई सम्मान गरिएको थियो ।

सम्मेलनको उद्घाटन शत्रमा बौद्धिक अपांग भएका व्यक्तिहरुको कल्याणमा उत्कृष्ट काम गर्ने नेपाल, सिंगापुर र फिलिपिन्सका संस्थाहरुलाई १ १ लाख येनको पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?