कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको आठौं पटक डायलसिस

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । 

प्रधानमन्त्रीको आठौं पटक डायलसिस

प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आईसीयूमै राखिएको छ । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि छ दिनअघि प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगेर शल्यक्रिया गरिएको थियो ।


स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको पेट सामान्य दुखेको थियो । ‘पेटमा शल्यक्रिया गरिएकाले घाउ दुख्नु सामान्य हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने । उनको आइतबार अल्ट्रासाउन्ड पनि गरिएको थियो । उनलाई बिहान हिँडडुल गराइएको थियो । संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने रणनीति रहेको एक चिकित्सकले बताए ।


प्रधानमन्त्री ओलीलाई अझै नरम आहार नै दिइँदै छ । प्रधानमन्त्रीले आइतबार आइप्याडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह हेरेका थिए ।


प्रकाशित : मंसिर १६, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?