कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले सन्तुलित कुटनीति लिएको दाबी

काठमाडौँ — सरकारले सन्तुलित कुटनीति लिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दाबी गरेका छन् ।

सरकारले सन्तुलित कुटनीति लिएको दाबी

कांग्रेसले उपनिर्वाचनका लागि जारी गरेको घोषणापत्रमा सरकारले असन्तुलित कूटनीति लिएको आरोप लगाएपछि प्रवक्ता बाँस्कोटाले त्यसलाई तथ्यगत पुष्टि गर्न चुनौती दिएका हुन् ।


उनले भने,' सरकारले असन्तुलित परराष्ट्र सम्बन्ध बनायो भनियो । यस अवधिमा विमस्टेकको सम्मेलन नेपालमा भयो , के त्यो असन्तुलित परराष्ट्र नीतिको उपज थियो ? '

प्रवक्ता बाँस्कोटाले सरकार युरोप, अमेरिका, एसिया, अफ्रिकामा कुटनीतिक क्षमता र सम्बन्ध विस्तार गरिरहेको बताए । उनले सगरामाथा संवादका क्रममा विभिन्न देशका प्रमुख तथा कुटनीतिज्ञहरु समेत नेपाल आउने बताए ।

प्रकाशित : मंसिर ५, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?