कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको नयाँ निवास बनाइँदै

काठमाडौँ — सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ । पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले नयाँ बनाउन लागेको हो ।

प्रधानमन्त्रीको नयाँ निवास बनाइँदै

भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ । नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ । निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइसक्ने विभागले जानकारी दिएको छ ।


प्रकाशित : मंसिर ५, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?