कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र भारतबीच सीमा सुरक्षा समन्वय बैठक सुरु 

लालप्रसाद शर्मा

पोखरा — नेपाल र भारत सीमा सुरक्षा समन्वय बैठक बुधबार पोखरामा सुरु भएको छ । पोखराको दोबिल्लास्थित एक रिसोर्टमा चलिरहेको बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतीय सीमा सुरक्षा बल (एसएसवी) का महानिर्देशक कुमार राजेश चन्द्रासहित २१ जनाको सहभागिता छ । यो बैठक नियमित बैठक हो ।

शुक्रबारसम्म चल्ने बैठकमा अहिले चर्किएको कालापानी क्षेत्रको विषयमा भने बैठकमा छलफल नहुने स्रोतहरुले जनाएका छन् । भारतीय ५ जनाको टोली मंगलबार पोखरा आइपुगेको थियो ।


बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदान लगायतमा छलफल हुनेछ । मुख्य बैठक आज हुने, भोलि संयुक्त टोलीले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् तालिम केन्द्रको अवलोकन गर्ने र शुक्रबार काठमाडौंमा औपचारीक रुपमा समापन हुने कार्यतालिका छ ।

यस्तो बैठक २०७५ साउन २३ र २४ मा भारतको नयाँदिल्लीमा बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए ।


प्रकाशित : मंसिर ४, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?