नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले पहल गर्नु पर्छ : नेता पौडेल

(धनकुटा) — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा अतिक्रमणका सवालमा सरकारले खेल्ने जिम्मेवार भूमिकामा प्रतिपक्षी दलको साथ रहने बताएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग वार्ता गर्न ढिलाई गरेको भन्दै उनले नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने सुझाए ।

नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले पहल गर्नु पर्छ : नेता पौडेल

प्रदेश १ को भ्रमणका क्रममा धनकुटा पुगेका पौडेलले बुधबार पत्रकारसँगको भेटमा उक्त कुरा बताएका हुन् । ‘सीमा अतिक्रमण हुँदा सरकारको भूमिका जति हुनु पर्ने उति हुन सकेको छैन’, उनले भने, ‘कूटनीतिक पहल गर्न ढिलाई गर्न हुन्न ।’ सरकारले भारतीय सरकारसँग सिधै वार्ता गरेर समस्या टुंग्याउन पहल गरे प्रतिपक्षी दल साथमा रहने उनको भनाइ थियो ।


फरक प्रसंगमा नेता पौडेलले सरकार समृद्धिको हावादारी कुरामा अलमलिएको आरोप लगाए । पानी जहाज, रेलको कुरामा अल्झिएर सरकार महत्व दिनु पर्ने काममा नलागेको उनको कथन थियो ।

प्रकाशित : मंसिर ४, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?