कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री पण्डित नगएपछि राज्य व्यवस्था समिति बैठक स्थगित  

काठमाडौँ — संघीय संसद्को राज्य व्यवस्था समिति बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित नभएपछि स्थगित भएको हो ।

मन्त्री पण्डित नगएपछि राज्य व्यवस्था समिति बैठक स्थगित  

विशेष कारण देखाउँदै मन्त्री नआएकाले बैठक नबसेको सांसद झपट रावलले जानकारी दिए । समिति बैठकमा संघीय निजामती कर्मचारी सेवा सर्तसम्बन्धी विधेयकमाथि छलफलको कार्यसूची थियो ।


मन्त्री पण्डित बुधबार हुने भनिएको मन्त्रीमण्डल पुनर्गठनको चर्चाले बैठकमा सहभागी नभएको स्रोतले बताएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीमण्डल पुनर्गठनबारे जानकारी गराएका थिए । मन्त्री चयनकै लागि प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिहानदेखि नै छलफलमा जुटेका छन् ।


नेकपा अध्यक्षद्वय ओली र दाहाल आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।


प्रकाशित : मंसिर ४, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?