कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भारतीय संरचनाले डुबान’

काठमाडौँ — सरकारले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचनाका कारण तराईमा बाढी र डुबान समस्या निम्तिएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले त्यस्ता संरचना विस्थापनका लागि परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल थाल्न निर्देशनसमेत दिएको छ । 

‘भारतीय संरचनाले डुबान’

बैठकले शीतलहर, हिमपात, चिसोलगायत प्रकोप व्यवस्थापन पूर्वतयारी स्वरूप संघ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारी कदम चाल्नुपर्ने भन्दै १८ बुँदे निर्णय गरेको छ ।


‘छिमेकी देशले सीमा सुरक्षाका नाममा निर्माण गरेका अग्ला संरचना बाढी तथा डुबानको एक प्रमुख कारण देखिएकाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक रूपमा पहल गरी समस्या समाधान गर्नुपर्ने,’ समितिको निर्णयमा भनिएको छ ।


परराष्ट्र मन्त्रालयका अधिकारीले भने समितिको निर्देशन र निर्णय आइनसकेको भन्दै अनभिज्ञता जनाए । ‘आधिकारिक पत्र पाएपछि मात्रै के भएको छ, के पहल गर्ने भनेर बताउन सकिन्छ,’ परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले भने ।


प्रकाशित : मंसिर ४, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?