कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चार सम्बन्धी कार्यविधिप्रति महासंघको आपत्ति

कमल पन्थी

बर्दिया — नेपाल पत्रकार महासंघ बर्दियाले बढैयाताल गाउँपालिकाले लागू गरेको एफएम रेडियोको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधानसहितको सञ्चारसम्बन्धी कार्यविधिप्रति आपत्ति जनाउँदै सच्चायउन माग गरेको छ । 

सञ्चार सम्बन्धी कार्यविधिप्रति महासंघको आपत्ति

महासंघले एक विज्ञप्ति जारी गर्दै गाउँसभाबाट गरिएको निर्णयमा एफएम रेडियोको इजाजतपत्र रद्द गर्दै प्रशारणमा रोक लगाउनु गैर संवैधानिक कदम भनेको छ ।


महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धितालद्वारा जारी विज्ञप्तीमा संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको र सरकारले समेत सञ्चार नीति सार्वजनिक नगरेको अवस्थामा गाउँपालिकाले सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा प्रतिबन्ध गर्न सक्ने प्रावधान राख्नु आपत्तिजनक भनिएको छ ।


कार्यविधि नसच्याइए आन्दोलनमा उत्रने महासंघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।


गाउँसभाले तयार गरेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रसारणमा रोक लगाउन सकिने प्रावधान छ ।


यो पनि पढ्नुहोस्ः

एफएम बन्द गराउन सक्ने गाउँपालिकाको कार्यविधि

प्रकाशित : मंसिर २, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?