कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सचिवालय बैठकमा प्रधानमन्त्रीले भने, ‘एकदुई दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको छु’ 

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको सचिवालयका एक नेताले जानकारी दिए । 

सचिवालय बैठकमा प्रधानमन्त्रीले भने, ‘एकदुई दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको छु’ 

सचिवालयका ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिनमा मन्त्रिमण्डल पुनर्गठनको सोच बनाएको जानकारी बैठकलाई दिएका थिए ।

‘औपचारिक रुपमा बैठकको एजेण्डा थिएन । तर, प्रसंग उठिहाल्यो । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको छु भनेर जानकारी दिएपछि हामी सबैले सुझाव दिएका छौं, सबैपक्षलाई समेटेर पुनर्गठन गर्नुहोला,’ बैठकमा सहभागी ती नेताले भने ।


बैठकमा सबै नेताहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा भूगोल, पार्टीमा गरेको योगदान, समावेशीतालाई ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । तर आजको बैठकमा कसलाई हटाउन र कसलाई ल्याउने भन्ने विषयमा भने ठोस कुरा नभएको ती नेताले बताए ।

यस्तै बैठकले प्रवास कमिटी पनि गठन गरेको छ । प्रवास कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष यूवराज चौंलागाई, सचिव श्रीप्रसाद शाह र सदस्यमा तिल बिकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : मंसिर १, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?