कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपनिर्वाचन सानो तिनो अग्नि परिक्षा हो : अध्यक्ष दाहाल

काठमाडौँ — सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन नेकपालाई सानातिनो अग्निपरिक्षा भएको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उपनिर्वाचन अग्नि परिक्षा भएको भन्दै त्यसमा पास हुने गरी सहभागिता जनाउन युवा संघलाई निर्देशन दिए । 

उपनिर्वाचन सानो तिनो अग्नि परिक्षा हो : अध्यक्ष दाहाल

‘साथीहरूको रिपोर्ट अनुसार कांग्रेस, राप्रपालगायतले जितेका ८० प्रतिशत ठाउँमा हामी जित्दैछौं,’ दाहालले भने, ‘उपनिर्वाचन सानोतिनो अग्नि परीक्षा हो । यो परिक्षामा हामी पास हुनुर्पछ ।’


फरक प्रशंगमा अध्यक्ष दाहालले अवको यूग फास्ट स्पिडको भएको भन्दै सबै त्यहि स्पिडमा जानुपर्ने बताए ।


उनले विकास निर्माणका काममा पनि ध्यान दिन यूवासंघलाई निर्देशन दिए । ‘हामी फाष्ट स्पिडको जमानामा जानुछ । पर्यटन क्षेत्रमा पनि नयाँ विकास गर्नुछ, यसमा अब सबैको ध्यान जान जरुरी छ।’


प्रकाशित : मंसिर १, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?