भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)
काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघका नेता कुन्दनराज काफ्लेका अनुसार नवराज त्रिपाठी लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।