कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदी जेलबाट कैदी भागे

प्रताप विष्ट

हेटौडा — मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट गएराति एक कैदी फरार भएका छन । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका चितवन घर भएका ३० वर्षीय कुलदिप राज धामी (चौधरी) जेलबाट भागेको जेलर प्रकाश खनालले बताएका छन् । 

भीमफेदी जेलबाट कैदी भागे

भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामीले कारागारको १२ फिट अग्लो पर्खाल नाघेर भागेका हुन् । अरु कैदी बन्दीहरुको सहयोगमा उनी भाग्न सफल भएको अनुमान जेल प्रशासनको छ । क्षेत्रीय कारागार भीमफेदीको 'क' ब्लकमा रहेका धामी सह-नाईके हुन् ।

कारागारभित्र सीसीटीभी पनि जडान गरिएको छ । सीसीटीभीले नभेट्ने स्थानबाट उनी भागेका छन् । शनिबार बेलुका ९:१० बजेतिर भागेको हुनसक्ने जेल प्रशासनले बताएको छ।


उनले ५ वर्ष जेल जीवन बिताइसकेका छन् । फरार कैदीको तीव्र रुपमा खोजी भइरहेको जेल प्रशासनले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?