कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस लेनदेनमा संलग्न ५ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लेनदेनमा संलग्न यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृतसहित ५ जनालाई बुधबार पक्राउ गरेको छ । 

घूस लेनदेनमा संलग्न ५ पक्राउ

अख्तियारले मोटरसाइकल खरिदबिक्रीको रजिस्ट्रेसन पास गरिदिने क्रममा ३ हजार रुपैयाँका दरले घूस लेनदेन गरिरहेको आरोपमा शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधिहरू किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो ।


यस्तै अख्तियारले ६८ हजार रुपैयाँसहित कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई पनि पक्राउ गरेको छ । उनीहरूमाथि धान लिलाम गरेको ६८ हजार रुपैयाँ लुकाएको आरोप छ ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?