कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र पेश

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बुधबार अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । दाहालले राजधानी क्यानबेरामा रहेको गर्भनर जनरलको निवासमा आयोजित विशेष कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र पेश

कार्यक्रममा राजदूत दाहालले नेपाल तथा अस्ट्रेलियाको बिचमा रहेको करिब ६ दशकको दौत्य सम्बन्धको चर्चा गर्नुका साथै आपसी हित र सहकार्यका बारेमा छलफल गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनले दुई देशबीचको व्यवसायिक, कुटनीतिक, पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुका साथै कृषि र ऊर्जाको क्षेत्रमा लगानीका लागि आग्रह समेत गरेका थिए ।

गर्भनर जनरल हर्लीले दहाललाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र अस्ट्रेलियाको द्विदेशिय सम्बन्ध अझ विस्तार हुनेमा विश्वास व्यक्त गरेका थिए । उनले सन् २०१६ मा नेपाल भ्रमण गरेको सम्झना गर्दै भूकम्पपछिको पुनर्निर्माण प्रक्रियाका बारेमा चासो व्यक्त गरेका थिए । कार्यक्रममा क्यानबेरास्थित दूतावासका अन्य अधिकारीहरुका साथै अस्ट्रेलियाली सरकारको विदेश विभागका उच्चअधिकारीहरुको सहभागिता रहेको थियो ।


राजदूत दाहाल गत शनिबार आफ्नो कार्यकालका लागि अस्ट्रेलिया आइपुगेका हुन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?