कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीका जायज माग सम्बोधन गर : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — ९ दिनदेखि अनशरत डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

डा. केसीका जायज माग सम्बोधन गर : कांग्रेस

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरेर जायज माग सम्बोधन गर्नु सरकारलाई आग्रह गरेका छन् ।


यस्तै, उनले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न सरकार असफल भएको बताए ।


समस्याको विवेकसम्मत हल खोज्न र विद्यार्थीलाई तनावमुक्त वातावरणमा पढ्ने व्यवस्था मिलाउन तत्काल प्रभावकारी पहलकदमी गर्नुपर्ने कांग्रेसको धारणा रहेको प्रवक्ता शर्माले बताए ।


यस्तै, कांग्रेसले महाकाली नदी पूर्वका सबै भू-भाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?