कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले पठाएको फिजिसियनबाट डा‍. केसीले उपचार गराउन मानेनन्, डडेलधुरा अस्पतालका मेसु भन्छन्- 'तत्काल सुविधासम्पन्न अस्पतालमा लानुपर्छ'

डीआर पन्त

(डडेलधुरा) — १७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले डा. केसीको उपचारका लागि पठाएको चिकित्सबाट थप उपचार नगर्ने भन्दै उनले विरोध गरेका छन् । 

सरकारले पठाएको फिजिसियनबाट डा‍. केसीले उपचार गराउन मानेनन्, डडेलधुरा अस्पतालका मेसु भन्छन्- 'तत्काल सुविधासम्पन्न अस्पतालमा लानुपर्छ'

डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कँडेलका अनुसार स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डा. राजेश मण्डललाई थप उपचारका लागि भनि पठाएको भएपनि डा. केसीले उनीबाट उपचार गराउन मानेका छैनन् ।

‘स्वास्थ्य अवस्थामा अत्यन्तै कमजोर भएर पनि अन्यत्र उपचार गर्न जान मान्नु भएको छैन,’ डडेल्धुरा अस्पतालमा मेसु डा. कँडेलले भने, ‘स्रोतसाधान भएको ठाउँ तत्कालै स्थानान्तरण गर्नुपर्छ । यहाँ नै राखियो भने कुनैपनि बेला ज्यान जानै जाने खतरा रहन्छ ।’

आफ्ना माग पुरा नहुँदासम्म कुनैपनि उपचार नगर्ने भन्दै सरकारले आफ्ना मागका विषयमा उदाशिन भएको आरोप लगाएका छन् । अनशनको नवौं दिनमा आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको उनको रेखदखमा संलग्न डा. तोसिमा कार्कीले बताइन् ।

‘उहााको शरिरमा पानी र चिनीको मात्रै अत्यन्तै कम भइसकेको छ,’ डाक्टर कार्कीले भनिन्, ‘कुनैपनि बेला डाक्टर केसीको स्वास्थ्यमा गम्भिर समस्या आउन सक्छ ।’

हिजो सोमबार डा. केसीलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा लानका लागि आएको सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो । डा. केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले पनि उनको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको थियो ।


प्रकाशित : कार्तिक २६, २०७६ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?