कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन् । 

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी पुग्नेका छन् । राष्ट्रपति हमिदलाई विमानस्थलमा गार्ड अफ अनर प्रदान गरिएको छ । गार्ड अफ अनरमा सहभागी हुन नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि विमानस्थल पुगेकी छन् ।


हमिद दिउँसो ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


राष्ट्रपति भण्डारीको निमन्त्रणामा बंगलादेशका समकक्षी हमिद ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर नेपालको औपचारिक भ्रमणमा आएका हुन् । राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री शिष्टाचार भेटघाटबाहेक बिहीबार पोखरा र शुक्रबार चन्द्रागिरि केबल कारको अवलोकन भ्रमण गर्ने भएका छन् ।


बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए।




प्रकाशित : कार्तिक २६, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?