कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाडीघाटमा नुहाउनेको भीड 

नारायण शर्मा

(नवलपरासी) — नवलपरासीस्थित नारायणी नदी किनारको ठाडीघाटमा कार्त्तिक पूर्णिमाका दिन स्नान गर्नेहरुको मंगलबार बिहानैदेखि घुइँचो लागेको छ । 

ठाडीघाटमा नुहाउनेको भीड 

भगवान गौतमबुद्धले कुशीनगर जानु अघि यसै स्थानमा ब्रत, तपस्या गरेको विश्वासको आधारमा हरेक वर्षको कार्त्तिक पूर्णिमाका दिन यहाँ स्नान गर्ने र पूजा गर्नेको घुइँचो लाग्ने गर्दछ । यस्तै पौराणिककालमा शिव भगवानले पनि यो स्थानमा नुहाएको भन्ने जन विश्वास रहेको स्थानिय अंगद यादव बताउँछन् ।

मेलामा सोमबार रातिदेखि नै नेपाल भारतका हजारौं भक्तजनहरु आउने गर्छन् । नेपाल भारतको सीमा क्षेत्रमा रहेको ठाडीघाटस्थित नारायणी नदीमा स्नान गरेर किनारमा रहेको शिव मन्दिरहरुमा पूजा गर्नाले पुण्य मिल्ने जनविश्वास रहिआएको छ ।

मेलाका अवसरमा यहाँ दिउँसो कुस्ती प्रतियोगिता हुने गर्दछ । कुस्ति(दंगल)हेर्न नेपाल भारतका हजारौं दर्शक आउने गर्छन् । कुस्तिमा विजयी हुनेलाई आर्कषक नगद पुरस्कार राख्ने चलन छ ।


प्रतियोगितामा भारतको हरीयाण, गोरखपुर, अयोध्या, पटनाबाट समेत कुस्तिवाजहरु आउने गर्छन ।


प्रकाशित : कार्तिक २६, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?