डा. केसीसँग वार्ता गरी समस्या समाधान गर : चिकित्सक संघ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गरी समस्या सामाधान गर्न सरकारसित माग गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ती जारी गरी सरकार र डा.केसी तथा चिकित्सक संघबीच विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयन गर्न समेत सरकारलाई आग्रह गरेको छ ।


यसैबीच चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले विज्ञप्ती जारी गरी डा.केसीको स्वास्थ्यप्रति संवेदनशील भई तत्काल संवाद सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित : कार्तिक २५, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड

कान्तिपुर संवाददाता

एजेन्सी — चिनियाँ ईकमर्स साइट अलिबाबाले एकै दिन बिक्री हुने रेकर्ड तोडेको छ । अंग्रेजी पात्रोको नोभेम्बर महिनाको ११ तारिखमा अलिबाबाले छुट अफर दिँदै आएको छ ।

११ वर्ष अघिदेखि सुरु भएको यो अफरमा सोमबार दिउँसोसम्ममा ३० अर्ब डलर भन्दा बढीको व्यापार भएको कम्पनीले सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष सोही दिन २४ घण्टामा ३० अर्ब डलरको व्यापार भएको छ । सिंगल्स डे नाम दिइएको यो सेल सुरु भएको करिब १४ घण्टामा यसअघिको रेकर्ड तोडिएको हो ।

आइतबार राति १२ बजे सेल सुरु हुनु अघि विश्वचर्चित गायिका टेलर स्वीफ्टको सांगितिक प्रस्तुति दिएकी थिइन् । अलिबाबाका संस्थापक ज्याक माले यही वर्ष कम्पनी छाड्ने घोषणा गरेका थिए ।

केही महिनाअघि उनले समाजसेवामा लाग्ने भन्दै कम्पनीको पद त्यागेको घोषणा गरेका थिए । उनको बहिर्गमनसँगै डेनियल जाङ अलिबाबाको कार्यकारी अध्यक्ष बनेका छन् ।

अलिबाबाका अनुसार बिक्री सुरु भएको एक मिनेटमै एक अर्बको सामान बिक्री भएको थियो ।

अलिबाबाले सन् २००९ देखि सेप्टेम्बर ११ लाई सपिङ डे नाम दिएर छुटसहितको अफर सुरु गरेको हो । अनलाइन सपिङको बानी बसाउन सिंगल्स डे नाम दिएर यो अभियान सुरु भएको थियो । सुरुवाति वर्षमा २७ वटा व्यापारीको सामान वेबसाइटमा राखिएको थियो । यो वर्ष अलिबाबाको प्लेटफर्ममा २ लाख बढी ब्राण्डहरु राखिएको कम्पनीले जनाएको छ ।

बिक्री सुरु भएको १६ घण्टासम्ममा एक अर्ब भन्दा बढी सामानको अर्डर आएको कम्पनीले जनाएको छ । यो अघिल्लो वर्षको कूल अर्डर भन्दा बढी हो ।

नेपालमा सञ्चालित दराज अनलाइन पनि अलिबाबाको स्वामित्वमा छ । दराज अनलाइनले पनि सोमबार ११.११ नाम दिएर छुट अफर दिएको थियो । यो छुटमा बिक्रीका लागि राखिएको सामानमा ८० प्रतिशतसम्म छुट दिइएको दराज अनलाइनले जनाएको छ । तर, दराजले सोमबार साँझसम्म बिक्री सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रकाशित : कार्तिक २५, २०७६ २०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×