कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नेकपा केन्द्रीय अनुशासन आयोगको प्रमुखमा बोहरा, लेखामा कँडेल 

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले अनुशासन आयोगको प्रमुख अमृतकुमार बोहोरालाई बनाउने निर्णय गरेको छ । सचिवको जिम्मेवारी अशोक रोकायलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सचिवालय बैठकले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा विष्णु पुकार श्रेष्ठ, सचिवमा माधव पौडेललाई बनाउने निर्णय गरेको हो । 

नेकपा केन्द्रीय अनुशासन आयोगको प्रमुखमा बोहरा, लेखामा कँडेल 

यस्तै लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार प्रमुखमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवालीलाई बनाउने निर्णय गरको प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।


नेकपामा अब प्रवास, महानगर कमिटीका इन्चार्ज र पोलिटब्यूरो गठन हुन बाँकी छ । श्रेष्ठका अनुसार यी काम पनि छिट्टै टुंग्याइने भएको छ ।


प्रकाशित : कार्तिक २५, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?