कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका केन्द्रीय सदस्य सहित १६ जना पक्राउ  

संगीता तिमिल्सेना 

बाजुरा — नेत्र विक्रम चन्द समूहका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । 

चन्द समूहका केन्द्रीय सदस्य सहित १६ जना पक्राउ  

जिल्ला प्रहरी कार्यालय बाजुराले उनीहरुलाई गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह छन् ।


बझाङबाट बाजुरा आउने क्रममा प्रहरीले उनीहरुलाई बीच बाटोमै पक्राउ गरेको थियो ।


प्रकाशित : कार्तिक २२, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?