कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा नेता गुरुङसँग महराले लिए कानुनी परामर्श 

डिल्लीबजार कारागारमा ४५ मिनेट भेट
कान्तिपुर संवाददाता

काठमाडौँ — डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नेकपा स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देव गुरुङले भेटेका छन् । बिहीबार बिहान कारागार पुगेका गुरुङले महरासँग करिब ४५ मिनेट कुराकानी गरेका हुन् ।  

नेकपा नेता गुरुङसँग महराले लिए कानुनी परामर्श 

संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएपछि पहिलोपटक नेकपाका नेता गुरुङले भेटेका हुन् । यसअघि पारिवारिक सदस्य बाहेक महराले अरु व्यक्तिसँग भेटघाट गरेका थिएनन् ।


कानुनी परामर्शको लागि भन्दै महराले गुरुङलाई भेट्न खोजेका थिए । बिहीबार बिहान डिल्लीबजार कारागार पुगेका गुरुङसँग महराले कानुनी प्रक्रियाबारे परामर्श लिएका थिए ।


मुद्दाबारे परामर्श गर्न महराले नै भेट्न खोजेपछि उनलाई भेट्न कारागार पुगेको गुरुङले बताए ।


‘मुद्दाको प्रक्रियामा कसरी अगाडि बढ्दा ठिक हुन्छ भनेर कानुनी परामर्शबारे छलफल भयो,' सचेतक गुरुङले भने, ‘अहिले जे छ त्यही प्रक्रिया अनुसार जाने । पछि जिल्ला अदालतले गरेको आदेश चित्त बुझेन भने उच्च अदालत जाने । उच्च अदालतले गरेको आदेश चित्त बुझेन भने सर्वोच्च अदालत जाने भन्ने छलफल भयो ।’



प्रकाशित : कार्तिक २१, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?