रौतहट बम विस्फोट : आलमको बयान सकियो

शिव पुरी

रौतहट — पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन साबिक राजपुर फरदहवा गाविस-४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा कसुरमा  पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसितको बयान सकिएको छ । उनीसँग ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको मुद्दामा बयान लिएका हुन् । अब केहीबेरमा थुनछेक बहस सुरु हुने छ । 


राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रता सिंह र ओसी अख्तरलाई जिउँदै चिम्नि भट्टामा हालेको र केही सख्त घाइते भएको भन्दै आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैदसहित जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेपछि मंगलबारदेखि निरन्तर बयान लिइएको थियो।

समय अभावले बयान नसकिएको अदालतका श्रेस्तदार गुणराज पराजुलीले आलमको बयान सकिएको बताए। ‘अब केहीबेरमा थुनछेक बहस सुरु हुन्छ,’ उनले भने, ‘आलममाथि तीनवटा आरोपमा बयान लिइएको थियो। यीनै मुद्दामा आलम असोज २६ गतेदिखी प्रहरी हिरासतमा छन्। आलममाथि लागेको आरोपको न्यायधीश दीपक ढकालले बयान लिएका थिए। उनले आलमको मुद्दाको थुनछेक आदेश गर्नेछन्। उनले घटनामा आलमको संलग्नताबारे प्रश्न सोधिएको स्रोतले जनायो।

आलमलाई अदालतमा हाजिर गराउने क्रममा बाहिर समर्थकको ठूला भीड लागेको थियो। जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ। बम काण्डमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिबादी बनाइएको छ। भाइ महताब लगायत १० जना फरार छन्।

घटना पछि पीडित परिवारले आलम लगायत ५ जनामाथि किटानी जाहेरी दिएका थिए। उनीहरु सबैलाई जिल्ला सरकारी वकिलको कार्यालय गौरले उसै बेला मुद्दा नचल्ने निर्णय गरी जिम्मामा छाडेको थियो। त्यस बेला अदालत समक्ष मुद्दा पुग्न पाएन्।

घटनाको १२ वर्ष पछि सर्वोच्च अदालतको आदेशले राजपुर घटनाको पुनः अनुसन्धान गर्न आदेश भएपछि प्रहरीले थप अनुसन्धान गर्दा ६ जनाको संलग्नता भेट्टाएको हो। बम विस्फोट घटनाको १२ वर्ष पछि राजपुरको मुद्दा अदालत समक्ष अभियोग पत्र सहित पुगेको हो। पीडितवादीतर्फबाट बहसका लागि पूर्व महान्यायधिवक्ता डा.युवराज संग्रौलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की रौतहट आएका छन्।

प्रकाशित : कार्तिक २१, २०७६ १३:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलनमा २५ देशका प्रतिनिधि: आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा २५ देशबाट सहभागी हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगले कार्तिक २६ देखि २८ सम्म अन्तराष्ट्रिय सम्मेलन गर्दैछ ।

आयोगका आयुक्त सुदीप पाठकले सम्मेलनमा आप्रवासी व्यवस्थापन र अप्रवासी कामदारका अधिकार, उत्तरदायित्वपूर्ण तथा स्वस्थ्य भर्ना प्रक्रियाको अभ्यासलाई प्रोत्साहन, अवैधानिक अप्रवासन, कामदारलाई न्यायको लागि पहुँच पुर्‍याउने सुनिश्चिता र मानवअधिकार निकायबीच अन्तर समन्वयको विषयमा बृहत छलफल हुने बताए ।

सम्मेलनमा सरकार, मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय समुदाय र सामाजिक संस्थाहरुको प्रतिनिधित्व रहनेछ । ‘सम्मेलनले कार्यायोजना सहितको काठमाडौं घोषणापत्र जारी गर्नेछ,' आयोगद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले कामदार लिने र दिने देशका सरोकारवालावीच छलफल हुने हुदाँ सम्मेलन निकै महत्वपूर्ण रहेको बताए । ‘नेपालबाहिर करिब ६० लाख नेपाली छन् । उनीहरुको मानवअधिकारको विषय निकै महत्वपूर्ण छ,' उनले भने, ‘कामदार लिने र दिनेबीच छलफलले आप्रवासनको व्यवस्थापन गर्न देखिएको चुनौतीको विषयमा छलफल हुनेछ ।

प्रकाशित : कार्तिक २१, २०७६ १३:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT