कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

सुदीप कैनी

काठमाडौँ — कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका हुन् ।


कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखें । भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरुको माग थियो ।


संयोजक महरले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने जनाए । के-कस्ता आन्दोलन गर्ने छलफल गरेर टुंगोमा पुग्ने अनेरास्ववियूले जनाएको छ । उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो व्याक इन्डिया’ भन्दै आलोचना गरेका छन् । यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पनि विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?