कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या 

डीआर पन्त

(डडेलधुरा) — १७ औं अनशन बसेको तेस्रो दिनमै डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । अत्यधिक चिसो ठाउँमा अनशन सुरु गरेका डा. केसीको रक्तचाप निकै कम हुादा रिंगटा लाग्ने समस्या सुरु भएको हो । 

तेस्रो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या 

‘डडेलधुरा अस्पताल रोडको एउटा कोठामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको छ,’ डडेलधुरा अस्पतालका प्रमुख डा. जितेन्द्र काडेलले भने, ‘हिजो र अस्तीको तुलनामा उनको स्वास्थ्य स्थिति निकै कमजोर भएको छ ।’ चिसोले डा. केसीको स्वास्थ्य झन् प्रतिकुल असर पर्नसक्ने पनि उनले जानकारी दिए ।

सोमबार सााझ ५ बजे अचानक डडेलधुरा पुगेका डा. केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशन सुरु गरेका थिए । गत भदौमा डडेलधुरा आउादा उनले आफ्नो अर्को अनशन डडेलधुराबाट सुरु हुने बताएका थिए ।

डा. केसीको अनशनको समर्थनमा डडेलधुरामा नागरिक समाजले विभिन्न पक्षसाग छलफल पश्चात र्‍याली, सरकारलाई ज्ञापनपत्र बुझाउने र अन्य दबाबमुलक कार्यक्रम सुरु गर्ने भएको छ ।

‘जनताको अधिकारका लागि डा. केसीले सुरु गरेको अनशनलाइ समर्थन जनाउादै दबाबमूलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ,’ नागरिक समाज डडेलधुराका अध्यक्ष रमेश जोशीले भने, ‘बुधबार देखि नै केसीको समर्थनमा दबाबमूलक कार्यक्रम सुरु गरिने छ ।’


प्रकाशित : कार्तिक २०, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?