कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

परिवार नियोजनलाई ५० लाख डलर वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले नेपालको परिवार नियोजनसम्बन्धी कार्यक्रममा पछिल्ला तीन वर्षमा करिब ५० लाख डलर वृद्धि गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को आर्थिक सहयोग तीन वर्षमा एक करोड २० लाख डलरबाट वृद्धि भई लगभग एक करोड ७० लाख डलर पुर्‍याइएको छ । 

‘यूएसएआईडीको सहायतामार्फत प्रजनन स्वास्थ्य सेवालाई मुलुकभर संस्थागत गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न नेपाल सरकारलाई सहयोग पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारद्वारा प्रदान गरिएको नि:शुल्क जनसेवालाई नेपाली निजी क्षेत्रद्वारा प्रदान गरिने सेवाले थप सहयोग पुर्‍याएको दूतावासले जनाएको छ । ‘महिलाको स्वास्थ्यमा सुधार ल्याउन नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन । आउँदो पुस्ताका नेपाली अझै स्वस्थ रहुन् भन्ने सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा हामी आफ्नो लक्षित लगानीलाई निरन्तरता दिइरहनेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।


नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि यहाँको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्चालन गर्दै आएको छ । अमेरिका नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?