कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश प्रमुख बदल्ने निर्णय निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रः कांग्रेस  

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले सहमतिको राजनीतिलाई बिथोल्ने गरी सरकारले प्रदेश प्रमुख बदल्ने काम गरेको जनाएको छ । तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाइएको तीन दिनपछि कांग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गरेको हो ।

प्रदेश प्रमुख बदल्ने निर्णय निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रः कांग्रेस  

उसले सरकारको निर्णय राजनीतिक दृष्टिकोणले पूर्वाग्रह र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत रहेको जनाएको छ ।


उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने एजेण्डामा बसेको पदाधिकारी बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ता असफल दिशामा जान खोजेको संकेतको रुपमा लिएको छ ।


‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’ पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले भनेको छ ।


सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यस्ता विषयमा प्रवेश गर्नु गलत भएको कांग्रेसले उल्लेख गरेको छ । आगामी मंसिर १४ हुने हुन लागेको उपनिर्वाचनको मुखमा प्रदेश प्रमुखहरुको बर्खास्तीलाई कांग्रेसले निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा लिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?